Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

माधव नेपाल भन्छन् - मदन भण्डारीको मृत्यु घटनाका अपराधीलाई नांगेझार पार्नुपर्छ

माधव नेपाल भन्छन् - मदन भण्डारीको मृत्यु घटनाका अपराधीलाई नांगेझार पार्नुपर्छ

शनिवार , जेठ ४, २०८२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मदन भण्डारी र जीवराज आश्रितको मृत्यु घटनाको सत्यतथ्य उजागर हुनुपर्ने बताएका छन् ।

३२औँ मदन–आश्रित स्मृति दिवसका सन्दर्भमा शनिबार (जेठ ३) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन ।

उनले दुई नेताको मृत्युका विषयमा विभिन्न चर्चा हुने गरेको उल्लेख गरे । त्यसलाई उजागर गर्न उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

घटनाको छानबिन गर्दै सत्यतथ्य बाहिर ल्याएर अपराधीलाई नांगेझार पार्नुपर्ने उनले बताए ।

“...सुन्नमा आइरा’छ, कतिपय नेताहरूले कुराहरू पनि उठाएका छन् कि कुनै प्रतिक्रियावादी पार्टीसँग जोडिएकाहरूको योजना थियो रे,” उनले भने, “त्यो हो भने पनि छानबिन गरेर, सत्यतथ्य ल्याएर, अपराधीहरूलाई नांगेझार पारेर, कसरी उनीहरूले मदन भण्डारी र जीवराज आश्रितको हत्या गर्ने काम गर्न सके त्यसलाई उजागर गर्न सक्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077