Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

वर्तमान सरकारका कमजोरीहरू सुधार्दै जनता केन्द्रित विकासमा लाग्छौं : सभापति देउवा

वर्तमान सरकारका कमजोरीहरू सुधार्दै जनता केन्द्रित विकासमा लाग्छौं : सभापति देउवा

शनिवार , जेठ ४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारका कमजोरीहरू सुधार्दै जनता केन्द्रित विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रजातन्त्रिक विचार समाजको ३० औं वार्षिकोत्सव तथा २७ औं साधारणसभा र ‘व्यवस्थाले अवस्थामा ल्याएको परिवर्तन’ विषयक अन्तरक्रिया कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन ।

उनले अहिलेको व्यवस्थामा देखिएका कमीकमजोरीलाई सुधार गरेर सहकार्य र समन्वयका आधारमा अघि बढ्ने बताए । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प नरहेको पनि जिकिर गरे।

‘मुलुकमा समावेशी समानुपातिक निर्वाचन प्रणाली भएकाले कुनै दलको पनि बहुमत नआएको हो,’ उनले भने, ‘त्यसैले संयुक्त सरकारको अभ्यासका क्रममा संसद्को पहिलो र दोस्रो ठूला दलको संयुक्त सरकार गठन भएको छ।’

उनले वर्तमान सरकारबाट भएका कमीकमजोरीलाई सुधार गर्दै जनता केन्द्रित विकासमा लागिपरेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077