Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

भीम रावललाई प्रचण्डको प्रस्ताव - भौँतारिएर समय खेर नफाल्नुस्, सहकार्य गरौँ

भीम रावललाई प्रचण्डको प्रस्ताव - भौँतारिएर समय खेर नफाल्नुस्, सहकार्य गरौँ

शनिवार , जेठ ४, २०८२

अछाम । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमालेबाट भीम रावललाई माओवादीसँग सहकार्यमा आउन अनुरोध गरेका छन् ।

शनिवार रावलको गृह जिल्ला अछाम पुगेर दाहालले यस्तो अनुरोध गरेका हुन् । उनले रावललाई फोन गरेरै सहकार्यको प्रस्ताव राखेको बताए ।

‘कार्यक्रममा आउँदै गर्दा बाटोमै भीम रावलको सम्पर्क कार्यालय देखेँ । उहाँसँग हिजो मात्र फोनमा कुरा भएको थियो। उहाँले कार्यक्रम सफलताको शुभकामना दिनुभयो,’ उनले भने ।

आफूले रावललाई ‘किन भौँतारिई रहनुभएको छ?’ भनेर प्रश्न गरेको पनि दाहालले बताए। उनले भने, ‘मैले तपाई किन अरू ठाउँ भौँतारिई रहनुभएको छ। आउनुस् हामी बसेर कुरा गरौँ, सहकार्य गरौँ भने।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077