Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

इरानी पप गायक तातालुलाई मृत्युदण्डको सजाय सुनाइयो

इरानी पप गायक तातालुलाई मृत्युदण्डको सजाय सुनाइयो

शनिवार , जेठ ४, २०८२

एजेन्सी । इरानको सर्वोच्च अदालतले तातालु भनिने पप गायक अमिर हुसेन मघसौडलुलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

अल्लाहको निन्दा गरेको आरोपमा उनलाई मृत्युदण्डको सजाय सुनाएको हो ।

सन् २०२३ को डिसेम्बरमा टर्कीबाट सुपुर्दगी गरिएका तातालुलाई सुरुमा तेहरानको फौजदारी अदालतले मुश्लिम धर्म र यसका पवर्तकको निन्दा गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाएको थियो ।

सर्वोच्च अदालतले त्यो फैसलालाई उल्टाउँदै मुद्दालाई अर्को अदालतमा पठाएको थियो र त्यहाँबाट उनलाई मृत्युदण्डको सजाय सुनाइएको हो ।

उनी पक्राउ र सुपुर्दगी गर्नुअघि सन् २०१८ देखि तातालु इस्तानबुलमा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077