Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अमेरिकामा आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु, विद्युत् आपूर्ति पनि अवरुद्ध

अमेरिकामा आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु, विद्युत् आपूर्ति पनि अवरुद्ध

शनिवार , जेठ ४, २०८२

एजेन्सी । अमेरिकाका दुई राज्यका केही भागमा आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

शनिबार बिहान दक्षिणपूर्वी केन्टकीको लरेल काउन्टीमा आँधी आएको थियो ।

जसमा अमेरिकी राज्य केन्टकीमा १४ जना र मिसौरीमा सात जनाको मृत्यु भएको हो । अधिकारीहरूले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन् ।

मिसौरीका अधिकारीहरूले शुक्रबार आएको आँधीले पाँच हजारभन्दा बढी भवनमा क्षति पुर्‍याएको बताएका छन् । घरका छाना उडेका छन् र विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।

सेन्ट लुइसमा बिजुली कटौतीका कारण करिब एक लाख घरपरिवार प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077