Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

भ्रष्टाचारविरुद्ध नयाँ आन्दोलनको वातावरण बनाउन लोकमार्ग केन्द्रित जनअभियान : प्रचण्ड

भ्रष्टाचारविरुद्ध नयाँ आन्दोलनको वातावरण बनाउन लोकमार्ग केन्द्रित जनअभियान : प्रचण्ड

आइतवार , जेठ ५, २०८२

दैलेख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँगको सम्बन्ध सुदृढ गर्न मध्यपहाडी लोकमार्ग केन्द्रित जनअभियान सञ्चालन गरिएको बताएका छन् ।

अभियान अन्तरगत दैलेखको राकम कर्णालीमा आइतबार आयोजित जनसंवाद कार्यक्रममा उनले स्थानीयतालाई संरक्षण र प्रवर्द्धन गर्दै जनताको पक्षमा काम गर्ने पार्टी माओवादी केन्द्र नै रहेको दाबी गरे ।

उनले सुशासन प्रवर्द्धन गर्न र आवश्यकता परे भ्रष्टाचारविरुद्ध नयाँ आन्दोलनको वातावरण बनाउन पनि यो अभियान गरिएको बताए ।

उनले भने–‘मध्यपहाडी क्षेत्रमा विकासबाट पछाडि परेका जनतालाई समेटेर समृद्धिको बाटो खोल्ने उद्देश्यले माओवादी केन्द्रले यो अभियान अघि सारेको हो। मध्यपहाडी लोकमार्ग केवल सडक सञ्जाल होइन, यो अभियान सामाजिक रूपान्तरणको अभियान सँग जोडिएको छ।’

सरकारमा हुँदा माओवादी केन्द्रले सामाजिक न्याय र सुशासनका लागि भ्रष्टाचारविरुद्ध दृढताका साथ संघर्ष गरेको बताउँदै प्रचण्डले अहिलेको अभियान त्यसै राजनीतिक संघर्षको निरन्तरता भएको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077