Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

डब्ल्यूएचओको चेतावनी - गाजामा २० लाख मानिस भोकमरीको सामना गरिरहेका छन्

डब्ल्यूएचओको चेतावनी - गाजामा २० लाख मानिस भोकमरीको सामना गरिरहेका छन्

मंगलवार , जेठ ७, २०८२

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले युद्धग्रस्त गाजा क्षेत्रमा २० लाख मानिसहरु भोकमरीको सामना गरिरहेको जनाएको छ ।

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एडहानोम गेब्रेयससले हिजो विश्वभरबाट आएका डब्ल्यूएचओ प्रतिनिधिहरूको बैठकलाई सम्बोधन गर्दै यस्तो जानकारी गराएका हुन् ।

उनले इजरायलको नाकाबन्दी र मानवीय सहायता पुर्‍याउने ठाउँको अभावले गाजाको पहिले नै कमजोर स्वास्थ्य प्रणालीलाई गम्भीर रूपमा असर गरेको बताए । उनले मानिसहरूको ज्यान सजिलै उपचार हुने रोगहरुबाट गइरहेको तर उपचारसम्भव भएका आवश्यक औषधिहरू सीमा पार अड्किएको बताए ।

सन् २०२३ देखि अहिलेसम्म डब्ल्यूएचओले गाजाबाट सात हजार तीन सय भन्दा बढी बिरामीहरूलाई बाहिर निकालेको छ, तर अझै १० हजार भन्दा बढी मानिसहरूलाई उपचारका लागि गाजाबाट बाहिर लैजान आवश्यक रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077