Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भारतविरुद्ध बहादुरी देखाएको भन्दै पाकिस्तानी सेना प्रमुखलाई फिल्ड मार्शल बनाउने निर्णय

भारतविरुद्ध बहादुरी देखाएको भन्दै पाकिस्तानी सेना प्रमुखलाई फिल्ड मार्शल बनाउने निर्णय

मंगलवार , जेठ ७, २०८२

एजेन्सी । पाकिस्तान सरकारले सेना प्रमुख जनरल आसिम मुनीरलाई फिल्ड मार्शल बनाउने भएको छ ।

प्रधानमन्त्री शहबाज शरीफको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले भारतविरुद्ध सञ्चालित सैन्य कारबाहीमा निभाएको महत्वपूर्ण भूमिकाका आधारमा उनलाई फिल्ड मार्शल बनाउने निर्णय गरेको हो ।

त्यस्तै, सरकारले वायु सेना प्रमुख एयर चिफ मार्शल जहीर अहमद बाबर सिद्दुलाई कार्यकाल सकिए पनि निरन्तर राख्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा जनरल मुनीरको पदोन्नतिलाई उनको बहादुर नेतृत्व, रणनीतिक सोच र भारतविरुद्ध सञ्चालित सैन्य कारबाहीमा निभाएको महत्वपूर्ण भूमिकाका आधारमा गरिएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077