Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चामल किन्न नपरेको अभिव्यक्तिले विवादमा परेका जापानका कृषिमन्त्रीले दिए राजीनामा

चामल किन्न नपरेको अभिव्यक्तिले विवादमा परेका जापानका कृषिमन्त्रीले दिए राजीनामा

बुधवार , जेठ ८, २०८२

काठमाडौं । चामल किन्न नपरेको अभिव्यक्तिले विवादमा परेका जापानका कृषिमन्त्रीले राजीनामा दिएका छन् ।

समर्थकहरुले चामल दिने गरेकाले आफूले कहिल्यै किन्न नपरेको अभिव्यक्ति दिएपछि विवादमा तानिएका जापानका कृषिमन्त्री ताकु एतोले पदबाट राजीनामा दिएका हुन् ।

कृषिमन्त्री एतोले यसै साता दिएको सार्वजनिक अभिव्यक्तिको मतदाताहरू र सांसदहरूले तीव्र आलोचना गरेका थिए ।

पछिल्लो एक वर्ष जापानमा चामलको मूल्य दोब्बरले बढेको छ । नागरिकहरु महँगो चामलको कारण मारमा परिरहेका बेला कृषि मन्त्रीले दिएको अभिव्यक्तिको आलोचना भएको थियो ।

आफ्नो अभिव्यक्ति अनुपयुक्त भएको महसुस गर्दै उनले राजीनामा दिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

बुधबार प्रधानमन्त्रीको कार्यालयमा राजीनामा बुझाएपछि एतोले पत्रकारहरूसँग भने, ‘चामलको मूल्य आकासिएर नागरिकहरू पीडित भएका बेला मैले अनुपयुक्त अभिव्यक्ति दिएको छु ।’

जापानको सरकारी प्रसारक एनएचकेका अनुसार अब पूर्व वातावरण मन्क्री शिन्जिरो कोइजुमीले कृषि मन्त्री नियुत्त हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077