Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अमेरिकाले किन लगायो भारतीय ट्राभल एजेन्सी र एजेन्टलाई भिसा प्रतिबन्ध ?

अमेरिकाले किन लगायो भारतीय ट्राभल एजेन्सी र एजेन्टलाई भिसा प्रतिबन्ध ?

बुधवार , जेठ ८, २०८२

काठमाडौं । अमेरिकाले भारतीय ट्राभल एजेन्सी र एजेन्टहरूलाई भिसा प्रतिबन्ध लगाएको छ ।

अवैध आप्रवासनलाई बढावा दिएको आरोपमा अमेरिकाले भिसा प्रतिबन्ध लगाएको हो ।

अमेरिकी विदेश विभागका प्रवक्ता ट्यामी ब्रुसले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यो अमेरिकी आप्रवासन कानुन र नीति लागू गर्न, कानुनको शासन कायम राख्न र अमेरिकीहरूको सुरक्षा गर्न महत्वपूर्ण छ ।’

विज्ञप्तिमा भिसा प्रतिबन्धबाट प्रभावित व्यक्तिहरूको जानकारी दिइएको छैन भने ट्राभल एजेन्सी र एजेन्टको विषयमा पनि उल्लेख गरिएको छैन ।

राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको आगमनसँगै अमेरिकाले अवैध आप्रवासी भन्दै गत फेब्रुअरीमा केही भारतीयहरूलाई देश निकाला गरेको थियो ।

उनीहरूलाई हतकडी र नेल लगाइएको अवस्थामा अमेरिकी विमानबाट भारत ओरालिएको तस्वीर सार्वजनिक भएका थिए ।

अमेरिकी विदेश विभागले विदेशी मानव तस्करीको नेटवर्क तोड्न यस्तो कदम उठाइएको दावी गरेको छ । विभागले आप्रवासन र राष्ट्रियतासम्बन्धी अधिनियमको धारा २१२ (ए) ‘३’ (सी)अनुसार प्रतिबन्ध लगाएको हो ।

यसअघि, नयाँदिल्लीस्थित अमेरिकी दूतावासले अमेरिका जाने भारतीयहरूलाई भिसा अवधिभन्दा बढी नबस्न पटकपटक चेतावनी जारी गरेको थियो ।

त्यस्ता भिसाबाहकलाई देश निकाला गरिने तथा स्थायी रूपमा प्रवेश प्रतिबन्ध लगाइने उसको चेतावनी थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077