Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अमेरिकामा इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी हत्या

अमेरिकामा इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी हत्या

बिहिवार , जेठ ९, २०८२

काठमाडौं । अमेरिकाको वासिङ्टनस्थित एक यहूदी संग्रहालय बाहिर दुई इजरायली दूतावास कर्मचारीको हत्या भएको छ।

अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले यसको पुष्टि गरेकी छन्। स्रोतले बीबीसीको भगिनी च्यानल सीबीएसलाई बताएअनुसार घटनामा एक पुरुष र एक महिलालाई गोली लागेको छ।

क्यापिटल यहूदी संग्रहालयमा आयोजित एक कार्यक्रमबाट बाहिर निस्केपछि दुवैलाई गोली हानी हत्या गरिएको हो।

आक्रमण सुनियोजित तरिकाले गरिएको बीबीसीले उल्लेख गरेको छ।

स्थानीय समय अनुसार राति ९ः०५ बजेतिर एफ स्ट्रिटमा गोलीबारी भएको थियो। यहाँ धेरै पर्यटकीय स्थल, संग्रहालय र सरकारी भवन रहेका छन्। यहाँ एफबीआईको क्षेत्रीय कार्यालय पनि रहेको छ।

गोलीबारी भएको समयमा संग्रहालयको कार्यक्रममा धेरै इजरायली दूतावासका कर्मचारी उपस्थित रहेको जनाइएको छ।

एमले ट्विटरमा लेखेकी छन्, ‘हामी सक्रिय रूपमा अनुसन्धान गरिरहेका छौं र मुद्दाको विवरण उजागर गर्न काम गरिरहेका छौं । ‘पीडित परिवारहरूको लागि कृपया प्रार्थना गर्नुहोस्। हामी अपराधीलाई न्यायको कठघरामा ल्याउनेछौं।’

संयुक्त राष्ट्र संघका लागि इजरायलका राजदूतले उक्त घटनालाई ‘यहूदी विरोधी आतंकवादको कार्य’ भनेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077