Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

उत्तर प्रदेशमा आँधीबेहरी, १४ जनाको मृत्यु

उत्तर प्रदेशमा आँधीबेहरी, १४ जनाको मृत्यु

बिहिवार , जेठ ९, २०८२

काठमाडौं । बुधबार साँझ भारतको उत्तर प्रदेश लगायत देशभरका धेरै क्षेत्रमा आएको आँधीले धेरै क्षति पुर्‍याएको छ।

उत्तर प्रदेशमा आँधीका कारण कम्तीमा १४ जनाको ज्यान गएको छ। मौसम विभागले उत्तर प्रदेशका ४७ जिल्लाका लागि अलर्ट जारी गरेको छ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको कार्यालयले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्ट गर्दै सम्बन्धित अधिकारीहरूलाई राहत कार्य पूर्ण रूपमा छिटो सम्पन्न गर्न निर्देशन दिइएको छ।

बुधबार आएको आँधीबाट उत्तर प्रदेश मात्र नभई दिल्लीका धेरै क्षेत्रहरू पनि प्रभावित भएका छन्।

राजधानी दिल्लीका धेरै क्षेत्रमा रूख ढलेर धेरै सवारी साधनमा क्षति पुगेको छ। धेरै क्षेत्रमा यातायात अवरुद्ध भएको छ भने मेट्रो सेवा पनि प्रभावित भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077