Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अशान्त जम्मु-कश्मीर : सुरक्षाबल र अतिवादीहरूबीच मुठभेड

अशान्त जम्मु-कश्मीर : सुरक्षाबल र अतिवादीहरूबीच मुठभेड

बिहिवार , जेठ ९, २०८२

काठमाडौं । जम्मू कश्मीरको किश्तवाडमा सुरक्षा बल र आतंककारीहरूबीच मुठभेड भएको छ ।

भारतीय सेनाले भनेको छ, ‘जम्मू कश्मीर प्रहरीसँगको संयुक्त कारबाहीमा सुरक्षा बलले चतरु क्षेत्रमा आतंककारीहरूलाई घेरेको छ। सेना र सुरक्षा बलको संयुक्त कारबाही अझै जारी छ।’

भारतीय सुरक्षा बलले सम्पूर्ण क्षेत्रलाई घेरा हालेको जनाएको छ।

भारतीय सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘आतंककारीहरूविरुद्धको कारबाही जारी छ र थप सुरक्षा बलहरू पनि घटनास्थलमा पठाइँदैछ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077