Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

यूएईको अबु धाबीमा कीर्तिमानी गर्मी, तापक्रम ५० डिग्री सेल्सियस नाघ्यो

यूएईको अबु धाबीमा कीर्तिमानी गर्मी, तापक्रम ५० डिग्री सेल्सियस नाघ्यो

शनिवार , जेठ ११, २०८२

एजेन्सी । यूएईमा हालसम्मकै उच्च तापक्रम मापन भएको छ । विश्वको सबैभन्दा तातो क्षेत्रहरूमध्ये एकमा रहेको खाडी राज्यको राजधानी अबु धाबीको क्षेत्रमा उच्चतम तापक्रम रेकर्ड गरिएको हो ।

यूएईमा मे महिनामा अहिलेसम्मकै उच्च तापक्रम ५० डिग्री सेल्सियसभन्दा माथि पुगेको बताइएको छ ।

सबैभन्दा उच्च तापक्रम अबुधाबीको अल शावामेखमा दिउँसो साढे दुई बजे ५० दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको राष्ट्रिय मौसम विज्ञान केन्द्रले जनाएको छ ।

यूएईको मौसम विभागले नागरिकहरूलाई घामबाट टाढा रहन, प्रशस्त तरल पदार्थ पिउन, उपयुक्त पोशाक लगाउन र सनस्क्रिन प्रयोग गर्न सल्लाह दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077