Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अमेरिका बाहिर बनेका आइफोनमा २५ प्रतिशत कर लगाउने ट्रम्पको धम्की

अमेरिका बाहिर बनेका आइफोनमा २५ प्रतिशत कर लगाउने ट्रम्पको धम्की

शनिवार , जेठ ११, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्पललाई अमेरिका बाहिर बनेका आइफोनहरूमा २५ प्रतिशत कर लगाउने चेतावनी दिएका छन् ।

ट्रम्पले शुक्रबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत यस्तो चेतावनी दिएका हुन् ।

उनले जुन महिनादेखि युरोपेली संघमा ५० प्रतिशत भन्सार लगाउने पनि उल्लेख गरेका छन् ।

उनले भनेका छन्, 'मैले एप्पलका टिम कुकलाई पहिले नै भनिसकेको छु कि अमेरिकामा बेचिने आइफोनहरू भारत वा अन्य कुनै देशमा होइन, अमेरिकामा बनाइनुपर्छ। यदि यसो भएन भने एप्पलले अमेरिकालाई कम्तिमा २५ प्रतिशत ट्यारिफ तिर्नुपर्नेछ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077