Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपथ्यसँगै झुम्यो सियाटल

नेपथ्यसँगै झुम्यो सियाटल

आइतवार , जेठ १२, २०८२

काठमाडौं । विशाल ताल र हिउँ थुप्रिएका पर्वतहरूले घेरिएको मनमोहक वासिङ्टन राज्यको सियाटल नेपथ्यले तताएको छ ।

ब्यान्डले नयाँ-पुराना लोकरक गीत प्रस्तुत गरेर दर्शक-श्रोतालाई झुमाएको हो ।

सातौँ अमेरिका यात्रामा रहेको नेपथ्य सियाटलमा पहिलोपटक प्रस्तुत भएको हो । यस वर्षको अमेरिका यात्रामा भने ब्यान्डको यो दोस्रो शो हो ।

नेपथ्यले एक साताअघि टेक्सास राज्यको राजधानी अस्टिनमा पहिलो कन्सर्ट गरेको थियो ।

सियाटलको ‘मुर थिएटर’ का ढोकाहरू निर्धारित समय अनुसार नै शुक्रबार बेलुकी ठीक ७ बजे खुला गरिएका थिए भने त्यसको एक घण्टापछि शो सुरु भयो ।

नेपथ्यका मुख्य गायक अमृत गुरुङले गीत गाउँदा दर्शकले पनि सँगसँगै गाए, नाचे, रमाइलो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077