Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

हार्वर्डले पाउने तीन अर्ब डलर व्यावसायिक विद्यालयलाई दिने ट्रम्पको घोषणा

हार्वर्डले पाउने तीन अर्ब डलर व्यावसायिक विद्यालयलाई दिने ट्रम्पको घोषणा

मंगलवार , जेठ १४, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार हार्वर्ड विश्वविद्यालयबाट कटौती गरेको तीन अर्ब डलर व्यावसायिक विद्यालयहरूलाई दिने घोषणा गरेका छन् ।

उनले सामाजिक संजालमामार्फत यस्तो घोषणा गरेका हुन् । उनले लेखेका छन्, “मैले हार्वर्डजस्तो यहुदी–विरोधी संस्थाबाट तीन अर्ब डलरको अनुदान रकम लिएर व्यावसायिक विद्यालहरूलाई दिने विचार गरिरहेको छु ।”

मेमोरियल डेको अवसरमा सामाजिक संजालहरूमा गरेका धेरै पोस्टहरूमध्ये यो घोषणाको पोष्ट पनि एक थियो ।

यसले हार्वर्डको कुनै नयाँ फण्ड कटौतीलाई नभएर पहिले नै हार्वर्ड र यसका अनुसन्धान साझेदारहरूबाट फ्रिज वा जफत गरिएको रकमलाई पुनर्वितरण गर्ने प्रस्ताव गरेको बताइएको छ ।

यो योजना कसरी कार्यान्वयन हुने भन्ने बारेमा ट्रम्पले बताएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077