Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

कांग्रेसले भन्यो - गृहमन्त्रीमाथि प्रश्न नै उठेको छैन, के छानबिन गर्ने ?

कांग्रेसले भन्यो - गृहमन्त्रीमाथि प्रश्न नै उठेको छैन, के छानबिन गर्ने ?

बुधवार , जेठ १५, २०८२

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएका गृहमन्त्री रमेश लेखकको सदनदेखि सडकसम्म राजीनामा माग गरिरहेका बेला नेपाली कांग्रेसले भने राजिनामा नआउने जनाएको छ ।

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले गृहमन्त्री लेखकको राजीनामा नआउने बताए ।

आज बिहान सत्ता साझेदार नेपाली कांग्रेस र एमालेको बालुवाटारमा बैठक बसेको थियो ।

बैठकपछि घिमिरेले गृहमन्त्रीमाथि प्रश्न नै नउठेको बताउँदै उनले भने, ‘के छानबिन गर्ने ? किन छानबिन समिति बनाउने ?'

भिटिट भिसा प्रकरणको बारेमा कर्मचारीमाथि प्रश्न उठ्दा गृहमन्त्रीको मन्त्रीले जवाफ पनि दिनु नपर्ने बताए ।

गृहमन्त्री रमेश लेखकको राजीनामा तथा भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग राख्दै विपक्षी दलले मंगलबारको प्रतिनिधिसभाको बैठक विरोधले अवरुद्ध भएको थियो ।

बुधबारको बैठकमा पनि अवरोध जारी राख्ने विपक्षी दलहरूले बताएका छन् ।

आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अझै सुरु भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077