Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

गृहमन्त्रीको राजीनामामा नयाँ ट्वीस्ट : कांग्रेसभित्र उपसभामुखको राजीनामा माग्न दबाब

गृहमन्त्रीको राजीनामामा नयाँ ट्वीस्ट : कांग्रेसभित्र उपसभामुखको राजीनामा माग्न दबाब

बुधवार , जेठ १५, २०८२

काठमाडौं । बजेट ल्याउनुपर्ने बेलामा विपक्षी दलहरु नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लगायतले संसदमा अवरोध गरिरहेका बेला सत्तारुढ दल नेपाली कांग्रेसभित्र उपसभामुखको राजीनामा माग गर्न दबाब बढेको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको भन्दै विपक्षी दलहरुले राजीनामा दिनुपर्ने अडान जारी राखेका छन् । जसका कारण हिजो संसद चल्न सकेन भने आज पनि सुरु हुने वित्तिकै आधा घण्टाका लागि स्थगित गरिएको छ ।

संसदको अवरोध हटाउन सभामुख देवराज घिमिरेल सत्तारुढ र प्रतिपक्षी दलसँग पटक–पटक गरेको वार्ता असफल भएपछि गृहमन्त्री र स्वास्थ्यमन्त्रीलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवा आज बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।

ओली माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेर अवरोध हटाउन भनेपनि प्रचण्डले भने गृहमन्त्रीले राजीनामा गरेर संसदमा जानकारी गराउन आग्रह गरेपछि सहमति हुन सकेको छैन ।

सहमति हुन नसकेको अवस्थामा रास्वपाले गृहमन्त्रीको राजीनामालाई बटमलाईन बनाइरहेका बेला कांग्रेसभित्र रास्वपाबाटै उपसभामुख बनेकी इन्दिरा रानामगरको राजीनामा माग गर्न दबाब बढेको हो।

विपक्षी दलहरुले गृहमन्त्री लेखकमाथि भिजिट भिसामा मानिस विदेश पठाउँदा सेटिङ गरेर पैसा उठाएको आरोप लगाएपछि यस अगाडि नै मानव तस्करीमा मुछिएको भन्दै उपसभामुखको राजीनामा माग गर्नुपर्ने अडान राख्न कांग्रेसलाई दबाब बढेको हो।

रास्वपा, माओवादी केन्द्र र राप्रपाले गृहमन्त्रीको राजीनामा माग गरेपछि रास्वपाबाट उपसभामुख बनेकी राना पनि विवादमा मुछिएकाले उनले पनि राजीनामा दिनुपर्ने कुरा सतहमा आएको छ।

यस अगाडि उपसभामुखले गैर सांसदलाई अमेरिका जान लागेका लागि भिसाका डेट चाँडो राखिदिन अमेरिकी दूतावासलाई पत्राचार गरेको थिइन्।

२०७९ साल फागुन २२ देखि चैत ३ गतेसम्म अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको संयन्त्र कमिसन अन द स्टाटस अफ वुमेनको ६७ औं सत्रमा भाग लिन जाने क्रममा उपसभामुखले असम्बन्धित व्यक्तिका लागि दूतावासमा पत्र लेखेको खुलेको थियो ।

उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा, सुजन घर्ती मगर र धनप्रसाद गुरुङ पनि जान लागेको भन्दै रानाले काठमाडौंस्थित अमेरिकी दूतावासलाई पत्राचार गरेकी थिइन्।

उनले आफूलाई तिनीहरूमध्ये एकजनाले विशेष आग्रह गरेकाले पत्र लेखेको स्पष्टीकरण दिएकी थिइन्। सोहि विषयलाई लिएर नेपाली कांग्रेसले पटक–पटक संसदमा राजीनामा माग गर्दै आएको थियो।

त्यतिबेला कांग्रेस संसदमा सांसद रामहरी खतिवडाले संसदसँग सम्बन्धित नभएका व्यक्तिलाई सिफारिस गरिनुले देशको अपमान भएको भन्दै उपसभामुखले तत्काल राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने बताएका थिए।

आज प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भेटमा पनि यो विषयमा कुराकानी भएको बताइएको छ।

भोली सरकारले आव २०८२/८३ को बजेट ल्याउँदैछ। जेठ १५ मा बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता भएको र त्यस अगाडि उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१र/८२ को आर्थिक सर्वेक्षण पेश गर्ने पर्ने भएकाले सरकारलाई अफ्यारो पर्ने भएपछि नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु छलफलमा जुटेका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077