Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

संसदमा प्रतिपक्षीलाई पेलेर अघि बढ्ने कांग्रेस–एमालेको प्रयास असफल

संसदमा प्रतिपक्षीलाई पेलेर अघि बढ्ने कांग्रेस–एमालेको प्रयास असफल

बुधवार , जेठ १५, २०८२

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएसँगै सडकदेखि सदनसम्म गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरिएको छ ।

गृहमन्त्री रमेश लेखकको राजीनामा तथा भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग राख्दै विपक्षी दलले मंगलबारदेखि सदन अवरोध गर्दै आएका छन् ।

गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म सदन चलाउन नदिने अडानमा प्रतीपक्ष दल छन् ।

तर, सत्ता पक्ष दल नेपाली कांग्रेस र नेकपा एमालेले भने गृहमन्त्री लेखकको बचाउ गर्दै राजीनामा दिनु नपर्ने र छानविन समीति पनि गठन गर्नु नपर्ने बताउँदै आएका छन् ।

आज बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक २ घण्टा ढिलो गरी सुरु भएको थियो । सत्तापक्ष दल नेपाली कांग्रेस र नेकपा एमालेले पेलेरै सदन चलाउन खोजेका थिए।

तर, बैठक सुरु भए लगत्तै विपक्षी दलका सांसदहरू उठेर अवरोध गरिरहे ।

विपक्षीको अवरोधका कारण सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेसँगै विपक्षीलाई पेलेरै जाने कांग्रेस एमालेको दाउमा तुषारापात लागेको छ ।

स्थगित गरेको दुई घण्टा वित्न लाग्दा समेत बैठक सुरु हुन सकेको छैन । हिजो पनि आधा घण्टाका लागि भनेर स्थिगित गरिएको बैठक चल्न सकेन ।

यता, आज विहान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेर सदनको अवरोध खुलाउन अनुरोध गरेका थिए ।

तर, प्रचण्डले भने गृहमन्त्रीलाई राजीनामा दिन लगाई संसदमा जानकारी गराएपछि मात्रै अवरोध खुल्ने बताएका थिए ।

गृह र स्वास्थ्यमन्त्री बोकेर बालुवाटार पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीबीच अवरोध भएको सदन कसरी चलाउने भन्नेबारे छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077