काठमाडौं । जेठ १५ गतेको आर्थिक वजेट प्रस्तुत हुने पहिलो दुई दिनदेखि नै प्रतीनीधी सभा बैठक अवरोध गर्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि संसद्मा बजेट प्रस्तुत हुन दिने भएको छ ।
रास्वपाका कार्यबाहक प्रवक्ता मनीष झाले बजेट प्रस्तुत हुँदा अवरोध नगर्ने बताउँदै भनेका छन्, ‘संवैधानिक प्रक्रियाअनुसार ल्याइने बजेट रोक्दैनौं ।’
रास्वपा सहित विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिषा प्रकरणमाथि छानबीनको माग राखेर संसद् अवरोध गरिरहेका छन् ।
संसदमा गृहमन्त्री पहिले विपक्ष दलका सासंदहरुले बोल्न पाउनु पर्ने माग रहेको स्पष्ट पारे । त्यसपश्चात गृहमन्त्रीलाई बोल्ने समय दिईनु पर्ने उनको भनाई थियो ।