Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

राष्ट्रिय सभामा पनि प्रमुख प्रतिपक्षले मागे गृहमन्त्रीको राजीनामा

राष्ट्रिय सभामा पनि प्रमुख प्रतिपक्षले मागे गृहमन्त्रीको राजीनामा

बुधवार , जेठ १५, २०८२

काठमाडौं । राष्ट्रिय सभाको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ ।

राष्ट्रिय सभाको बुधबार बसेको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद गोपीबहादुर अछामीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको पनि नाम जोडिएकाले लेखकले राजिनामा दिनु पर्ने बताएका छन् ।

भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीका घटनाको अनुसन्धानमा सघाउन राजीनामा दिन उनले माग गरे ।

गृहमन्त्रीले राजीनामा नदिए राष्ट्रिय सभाको बैठक समेत चल्न नदिने अछामीको चेतावनी छ ।

यता, भिटिज भिसा प्रकरणमा गृहमन्त्री लेखकको नाम जोडिएपछि विपक्ष दलका सांसदहरुले राजीनामा माग गर्दै प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077