Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

संविधान संशोधन गरेर बजेट ल्याउने दिनको मिति सार्नुपर्छ : शंकर पोखरेल

संविधान संशोधन गरेर बजेट ल्याउने दिनको मिति सार्नुपर्छ : शंकर पोखरेल

बुधवार , जेठ १५, २०८२

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बजेट प्रस्तुत गर्ने दिन सार्नुपर्ने प्रस्ताव राखेका छन् ।

बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो प्रस्ताव राखेका हुन् ।

उनले राजनीतिक दलबीच सहमति भए संविधान संशोधन गरेर बजेट ल्याउने दिनको मिति फेर्ने पार्टीको सोच रहेको बताए ।

“राजनीतिक दलबीच सहमति हुन सक्यो भने संविधानमा समेत संशोधन गरेर गणतन्त्र दिवसलाई विशेष समारोहका रूपमा आयोजना गरेर बजेट प्रस्तुत गर्ने दिनलाई फरक दिनमा लैजानु उपयुक्त हुन्छ,” उनले भने ।

जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । जेठ १५ गणतन्त्र दिवस पनि हो । उनले लोकतन्त्रको उच्चतम रूप गणतन्त्र भएको पनि दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077