काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले गृहमन्त्री रमेश लेखकले आफूमाथि लागेको आरोपका बारेमा सदनमा बोल्न पाउनु पर्ने बताएका छन् ।
भिजिट भिसामा नाम जोडिएका गृहमन्त्री लेखकको राजिनामा माग गर्दै विपक्ष दलका सासंदहरुले हिजो र आज सदन अवरोध गरेपछि बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बर्तौलाले यस्तो बताएका हुन ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीलाई सदनमा बोल्न नदिएर प्रतिपक्षीले असंसदीय र गैरराजनीतिक व्यवहार देखाएको आरोप समेत उनले लगाए ।
सत्तापक्षका सांसदहरूलाई समेत जनसरोकारका मुद्दामा बोल्न नदिएको भन्दै उनले रोस्टर्ममा पुग्नका लागि नाकाबन्दी लगाउने प्रतिपक्षीको कार्यशैली स्वीकार्य नहुने बताए ।