काठमाडौं । गृहमन्त्री रमेश लेखकले अहिले पत्रकार सम्मेलन गरिरहेका छन् ।
भिटिज भिसा प्रकरणमा आफ्नो नाम जोडिएपछि गृहमन्त्रीले त्यसबारे सदनमै सबै विषयबस्तुबारे जानकारी गराउन खोजेका थिए ।
तर, विपक्षी दलको अवरोधका कारण सदन दुईदिनसम्म चल्न नसकेपछि उनले आज पत्रकार सम्मेलन गरेका हुन् ।
पत्रकार सम्मेलनमा उनले भने–‘मैले भिजिट भिसा प्रकरणबारे सम्मानित सदनबाटै सत्यतथ्य जानकारी गराउन खोजेको थिएँ । त्यसका लागि सम्मानित सभामुखसमक्ष समय पनि माग गरेको थिएँ । तर, सदन अवरुद्ध हुँदा मैले बोल्न पाइन । त्यसैले अहिले पत्रकार सम्मेलन गर्दैछु ।’
गृहमन्त्री लेखकको नाम जोडिएपछि विपक्ष दलका सांसदहरुले राजीनामा माग गर्दै हिजो र आज संसद अवरोध गरेका हुन् ।