Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

भिजिट भिसाबारे बोले गगन : भने - अनुसन्धानमा अलमल नहोस्, दोषी दण्डित हुनैपर्छ

भिजिट भिसाबारे बोले गगन : भने - अनुसन्धानमा अलमल नहोस्, दोषी दण्डित हुनैपर्छ

बुधवार , जेठ १५, २०८२

काठमाडौं । भिजिट भिसासम्बन्धी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कुनै पनि प्रकारको अलमल नगर्न नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आग्रह गरेका छन् ।

धरानमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयबाट सुरु भएको अनुसन्धानलाई निष्पक्ष र निर्भीक रूपमा अगाडि बढाउनुपर्ने बताए ।

“भिजिट भिसा प्रकरणमा अनुसन्धानमा कुनै अलमल नहोस्,” उनले भने, “यो संगठित जालो र अपराधमा संलग्न देखिएका दोषीहरू दण्डित हुनुपर्छ। भिजिट भिसाको नाममा भइरहेको ठगी र शोषणको अन्त्यका लागि कानुनी तथा प्रशासनिक सुधार आवश्यक छ।”

उनले सयौं नेपाली नागरिकहरू भिजिट भिसाको नाममा ठगिएको र शोषणमा परेको घटना सार्वजनिक भइरहेका बेला यसका जरा कहाँसम्म फैलिएका छन् भन्ने देखिएको उल्लेख गरे।

“कुनै शक्तिको भक्ति नगरी, भिडको दबाव वा प्रभावमा नपरी अख्तियारले निष्पक्ष र गहिराइसम्मको अनुसन्धान गर्नुपर्छ,” उनले जोड दिए। “जो कोही संलग्न छन्, जहाँसम्म सञ्जाल फैलिएको छ, त्यो सबै पत्ता लगाइनुपर्छ।”

गृहमन्त्री रमेश लेखकको नामसमेत यस प्रकरणमा जोडिएर चर्चा भइरहेका सन्दर्भमा उनले भने, “यस्ता विषयमा अनुसन्धान र अभियोजनको जिम्मा संविधानले अख्तियारलाई दिएको छ। त्यसैले यो प्रक्रिया नियमित रूपमा अघि बढ्नुपर्छ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077