काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूविरुद्ध फैलाइएका हल्लालाई राजनीतिप्रेरित षड्यन्त्रको संज्ञा दिएका छन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै उनले उक्त आरोपहरू असत्य र नियोजित रहेको स्पष्ट पारेका हुन् ।
‘यो विषयलाई लिएर मन्त्रीको पनि संलग्नता छ भन्ने प्रचारप्रसार, समाचार र सामाजिक सञ्जालमा व्यक्त विचारहरू पूर्णतः असत्य र बेठिक छन्,’ गृहमन्त्री लेखकले भने, ‘मेरो कुनै संलग्नता छैन। नियोजित ढंगले ममाथि आक्रमण भएको हो, जुन राजनीतिक स्वार्थप्रेरित छ।’
उनले अख्तियारद्वारा हुने कुनैपनि अनुसन्धानलाई खुला मनले स्वागत गर्ने बताएका छन् ।