Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

गृहमन्त्री लेखकलाई गगनले भने–अनुसन्धानको दायरामा आएको व्यक्ति पदमा रहिरहन मिल्दैन

गृहमन्त्री लेखकलाई गगनले भने–अनुसन्धानको दायरामा आएको व्यक्ति पदमा रहिरहन मिल्दैन

बुधवार , जेठ १५, २०८२

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएका आफ्नै पार्टीका गृहमन्त्रीको बारेमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुख खोलेका छन् ।

लेखकले राजीनामा दिनुपर्ने माग राखेका पार्टीका केही सांसदहरुलाई स्पष्टिकरण सोध्नुपर्ने आवाज उठिरहेका बेला महामन्त्री थापाले गृहमन्त्रीको बारेमा बोलेका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले पद छाडेर अनुसन्धानलाई सघाउनुपर्ने थापाको धारणा छ ।

नेपाली कांग्रेसको धरान उपमहानगर सम्मेलनमा बोल्दै महामन्त्री थापाले भिजिट भिसाका नाममा भइरहेको भ्रष्टाचारको गहिराइसम्म पुगेर अनुसन्धान गर्नुपर्ने बताए ।

अनुसन्धानको दायरामा आएको व्यक्ति पदमा रहिरहने विषय वैधानिक नभएको भन्दै उनले भने–‘राजनीतिक नैतिकता र वैधताको सवाल बन्न जान्छ । त्यस्तो अवस्थामा भने मन्त्रीको जिम्मेवारीबाट अलग भएर अनुसन्धानलाई सहयोग गर्नु पर्छ ।’

गृहमन्त्री लेखकले राजीनामा दिएर अनसन्धानमा सहयोग पुरयाउनु हुन्छ भन्नेमा विश्वास रहेको उनले बताए ।

यसअघि कांग्रेस पदाधिकारी बैठकमा गृहमन्त्रीले राजिनामा दिनुपर्छ भनेका नेतत्रय डा. शेखर कोइराल, सुनिल पौडेल र राजेन्द्र बजगाईंलाई स्पष्टिकरण सोध्नुपर्ने माग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077