काठमाडौं । गृहमन्त्री रमेश लेखकले कर्मचारीमाथि अख्तियारले छानबिन गर्दैमा कुनचाहिं मन्त्रीले राजीनामा दिए भन्दै प्रश्न गरेका छन् ।
आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले पछिल्ला तीन आर्थिक वर्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका उजुरीहरूको तथ्यांक प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
गृहमन्त्री लेखकले भने–‘पछिल्लो तीन आर्थिक वर्षमा अख्तियारमा ६४ हजार ६१ वटा उजुरी दर्ता भएका छन् । सम्पूर्ण उजुरी कुनै न कुनै मन्त्रालय, विभाग वा कार्यालयका राष्ट्रसेवक कर्मचारी वा सार्वजनिक पद धारण गरेका पदाधिकारीमाथि हुन्छन् । तिमाथि छानबिन गर्ने र अख्तियारले मुद्दा दर्ता गर्ने काम गरिरहेको छ । कर्मचारीमाथि छानबिन हुँदैमा अहिलेसम्म कति मन्त्रीले राजीनामा दिए होलान्, तपाईंहरू आफैं विवेचना गर्नुहोला ।’
पत्रकारहरुले सोधेको प्रश्न उत्तर दिंदै उनले एक जना कर्मचरीमाथि छानविन हुँदैमा मन्त्रीले राजिनामा दिने विधि र पद्धति स्थापित गर्दै जाने हो ? भन्दै उल्टै प्रश्न गरेका थिए ।