Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

पत्रकार सम्मेलनमा गृहमन्त्रीको प्रश्न–कि म न्याय नपाउनुपर्ने नागरिक हो यो देशको ?

पत्रकार सम्मेलनमा गृहमन्त्रीको प्रश्न–कि म न्याय नपाउनुपर्ने नागरिक हो यो देशको ?

बुधवार , जेठ १५, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई आफुुले गृहमन्त्रालयमा नल्याएको दावी गरेका छन् ।

बुधबार पत्रकार सम्मेलन गरेर उनले भट्टराई २०७७ सालदेखि गृह मन्त्रालय मातहत रहेको बताए ।

गृहमन्त्री लेखकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक भएर काम गरिसकेको मान्छे अध्यागमन विभागको प्रमुख भएर काम गर्न गएको बताए ।

साथै, उनले आफूले पछिल्लोपटक गृह मन्त्रालयमा सरुवा गरेर नल्याएको पनि बताए ।

उनले भने–‘मैले गृहमन्त्रालयमा अन्तबाट सरुवा गरेर ल्याएको होइन । मैले दिएको जिम्मेवारीभन्दा अरुले धेरै जिम्मेवारी दिएका व्यक्ति हुन् ।’

पत्रकार सम्मेलनमा उनले थप भने–‘निरन्तर ०७७ सालेदेखि गृहमन्त्रालयमा काम गरिरहनुभएको छ । अत्यन्तै महत्वपूर्ण विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, उहाँ कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक भएर काम गरिरहनुभएको मान्छे कार्यालयको प्रमुख भएर जानुभएको हो । यो विषयलाई यसरी प्रचार गरिएको छ कि, अचानक त्यो ठाउँमा सरुवा गरेँ भन्ने होइन । मैले कसैका प्रति आग्रह पूर्वाग्रह राखेर निवेदन गरेको छैन । यो विषय यथार्थ हो । यथार्थ विषयलाई यहाँ ल्याएको हुँ ।’

उनले राजनीतिक वा सार्वजनिक पद धारण गरेका व्यक्तिमाथि पनि निरन्तर रुपमा छानबिन हुने गरेको भन्दै यसलाई पनि त्यसैगरी लिन आग्रह गरे ।
पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले आफू अन्यायमा परेको गुनासो गर्दै न्याय माग गरेका छन् ।

उनले भने–‘मैले कसैका प्रति असम्मान गर्नु छैन । आग्रह पूर्वाग्रह राख्न परेको छैन । न्याय त मैले पनि पाउनुपर्ने होला नि ?,’ कि म न्याय नपाउनुपर्ने नागरिक हो यो देशको ? मेराविरुद्ध कतै उजुरी छ ? मेराविरुद्ध कहिँ छानबिन भइरहेको छ ? तर, मैले न्याय त माग्न पाउनुपर्ला नि ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077