Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

गृहमन्त्री लेखकले राजीनामा दिनु उपयुक्त : गगन थापा

गृहमन्त्री लेखकले राजीनामा दिनु उपयुक्त : गगन थापा

बुधवार , जेठ १५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनु उपयुक्त हुने बताएका छन् ।

पार्टीको धरान उपमहानगर सम्मेलनमा बोल्दै थापाले यस्तो बताएका हुन् । उनले गृहमन्त्री लेखकले पदबाट राजीनामा दिएर अनुसन्धानमा सघाउनु उपयुक्त हुने बताए ।

उनले अनुसन्धानको दायरामा आएका व्यक्ति पदमा रहने वा नरहने विषय वैधानिक नभई राजनीतिक नैतिकताको विषय हुने बताए ।

उनले भने, ‘भिजिट भिसा प्रकरणमा भइरहेको अनुसन्धान गृहमन्त्रीसम्म पुग्छ भने अनुसन्धानको दायरामा आएको व्यक्ति पदमा रहिरहने विषय वैधानिक नभई राजनीतिक नैतिकता र वैधताको सवाल बन्न जान्छ। त्यस्तो अवस्थामा भने मन्त्रीको जिम्मेवारीबाट अलग भएर अनुसन्धानलाई सहयोग गर्ने कुरा वाञ्छनीय हुन्छ र उहाँले यसो नै गर्नुहुन्छ भन्ने पनि मलाइ उत्तिकै विश्वास छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077