Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भारतीय प्रहरीको 'मोस्ट वान्डेड' लरेन्स बिश्नोई ग्याङका सार्प सुटर नवीन इन्काउन्टरमा मारिए

भारतीय प्रहरीको 'मोस्ट वान्डेड' लरेन्स बिश्नोई ग्याङका सार्प सुटर नवीन इन्काउन्टरमा मारिए

बिहिवार , जेठ १६, २०८२

काठमाडौं । उत्तर प्रदेश र दिल्ली प्रहरीको विशेष सेलले बुधबार राति गरेको संयुक्त अपरेसनका क्रममा लरेन्स बिश्नोई गिरोहका सार्प सुटर नवीन कुमार मारिएका छन् ।

बुधबार भएको इन्काउन्टरमा नवीन मारिएको उत्तर प्रदेश प्रहरीको दावी छ ।

गाजियाबादनजिकै हापुरको कोतवाली क्षेत्रमा भएको इन्काउटरमा नवीन कुमार मारिएको प्रहरीले जानकारी दियो ।

उत्तर प्रदेश प्रहरीले जारी गरेको विज्ञप्तिमा नवीन गाजियाबादको लोनीका बासिन्दा भएको उल्लेख छ।

उनीविरुद्ध झन्डै २० मुद्दा चलिरहेका थिए। नवीन हत्या, अपहरण, डकैती जस्ता गम्भीर मुद्दामा प्रहरीको मोस्ट वान्टेड सूचीमा थिए।

‘इनकाउन्टर’मा घाइते भएका नवीन कुमारलाई अस्पताल लगिए पनि डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरीको भनाइ छ।

भारतमा लरेन्स बिश्नोई गिरोहलाई देशको सबैभन्दा खतरनाक आपराधिक गिरोह मानिदै आएको छ ।

प्रहरीका अनुुसार लरेन्स बिश्नोईको नजिकको हाशिम बाबासँगै उनी दिल्ली र यूपीमा गम्भीर अपराध गर्थे। उनी बिश्नोई गिरोहको शूटिंग टोलीको हिस्सा थिए र धेरै उच्च–प्रोफाइल लक्षितहरूलाई कार्यान्वयनमा उनको संलग्नता बाहिर आएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077