Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

११ वर्षीया कुँवरले फिलिपिन्समा जितिन् ‘लिटिल मिस ग्लाम युनिभर्सल’को उपाधि

११ वर्षीया कुँवरले फिलिपिन्समा जितिन् ‘लिटिल मिस ग्लाम युनिभर्सल’को उपाधि

शुक्रवार , जेठ १७, २०८२

काठमाडौं । नेपालकी अग्रिमा कुँवरले फिलिपिन्समा ‘लिटिल मिस ग्लाम युनिभर्सल–२०२५’ उपाधि जितेकी छिन् ।

गुल्मी मदानेकी कुँवरले हिजो बिहीबार सम्पन्न सौन्दर्य प्रतियोगिता ‘लिटिल एण्ड टिन ग्लाम इन्टरनेशनल–२०२५’ अन्तर्गत सो उपाधि जितेकी हुन् । हाल बुटवलमा बसोबास गर्दै आएकी उनी एभरेष्ट बोर्डिङ सेकेण्डरी स्कूलमा कक्षा ७ मा अध्ययनरत छिन् ।

ताज पहिरिएपछि उनले आफ्नो सफलताले राष्ट्रको पहिचान बोकेको प्रतिक्रिया दिइन् । नेपालको प्रतिनिधित्व गर्दै ताज पहिरिन पाउँदा खुसी लागेको भन्दै उनले यो सफलता व्यक्तिगत नभइ देशको गौरव भएको बताइन् ।

यो सफलताबाट अन्य नेपाली बालबालिकालाई पनि अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्ने आत्मबल र हौसला मिल्ने उनको भनाइ छ ।

उनीबाहेक नेपालका थप तीन जना प्रतियोगीले अन्य विभिन्न टाइटल उपाधिहरू जितेका छन् । प्रतियोगिताका मुख्य प्रायोजक एक्स्ट्रा टिच ओभल इन्टरनेशनल क्रिकेट स्टेडियमका निर्देशक अष्ट्रेलिया निवासी विनोद कुँवरले दिएको जानकारी अनुसार नेपालकी मिरिञ्जा गाहाले ‘सब टाइटल र मेडल–थ्री मिस टिन ग्लाम वर्ल्ड–२०२५’, मोनिका कठायतले ‘सब टाइटल र मेडल–थ्री मिनी मिस ग्लाम इन्टरनेशनल–२०२५’ र अभिवन न्यौपानेले ‘सब टाइटल र मेडल–थ्री मिस्टर जुनियर ग्लाम युनिभर्सल–२०२५’ उपाधि जितेका छन् ।

‘लिटिल एण्ड टिन ग्लाम इन्टरनेशनल–२०२५’ विश्वकै ठूलो बालबालिका र किशोरी सौन्दर्य प्रतियोगिता हो । जसमा तीनवटा बालिका उपश्रेणी र दुईवटा किशोरी उपश्रेणी छन् । प्रतियोगितामा ट्यालेन्ट एण्ड गाला नाइट राउण्ड, नेशनल कस्टम राउण्ड, स्विमिङ कस्टम रिसोर्ट वेयर राउण्ड, फेशन शो, फर्मलरलङ्ग इभिनिङ्ग ग्रोन स्पोर्टस राउण्ड र इन्ट्रोडक्शन राउण्ड समावेश थियो ।

मे २४ देखि २९ अर्थात् जेठ १० देखि १५ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा २९ देशका ७३ प्रतिस्पर्धीले सहभागिता जनाएका थिए ।

अन्तर्राष्ट्रिय मञ्चमा नेपाली प्रतिभाले ताज जित्नुले नेपालको सौन्दर्य, संस्कृति र प्रतिभाको पहिचान अझ प्रष्ट पारेको छ । यस्तो सफलताले नेपालको बाल र टिन प्रतिभालाई विश्वस्तरमा चिनाउने सम्भावनाको ढोकासमेत खोलेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077