Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भारतमा कोरोना संक्रमणबाट एकै दिन ४ जनाको मृत्यु

भारतमा कोरोना संक्रमणबाट एकै दिन ४ जनाको मृत्यु

शनिवार , जेठ १८, २०८२

काठमाडौं । भारतमा कोरोना संक्रमणबाट एकै दिन ४ जनाको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार देशमा सक्रिय कोरोना बिरामीको संख्या ३३९५ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा ६८५ नयाँ संक्रमित बिरामी पहिचान भएका छन् भने १,४३५ बिरामी निको भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

यसैबीच पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ। जसमा छत्तीसगढ, कर्नाटक, केरला र उत्तर प्रदेशका एक–एक जना बिरामी रहेका छन्।

यसअघि, भारतमा कोरोनाको संक्रमणबाट १२ जनाको मृत्यु भएको थियो ।

त्यसमध्य मृत्यु हुने ४ जनामा नयाँ भेरियन्ट पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077