Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पीएसजीका समर्थक र प्रहरीबीच झडप

पीएसजीका समर्थक र प्रहरीबीच झडप

आइतवार , जेठ १९, २०८२

काठमाडौं । फ्रान्सको पेरिसमा प्रहरी र पेरिस सेन्ट–जर्मन (पीएसजी)का समर्थकहरूबीच भएको छ ।

झडपपछि प्रहरीले करिब ३०० जनालाई पक्राउ गरेको छ।

पीएसजीका फ्यान च्याम्पियन्स लिगको फाइनलमा विजयको उत्सव मनाइरहेका बेला झडप भएका हो।

पीएसजीको रंगशाला पार्क डेस प्रिन्सेस र च्याम्प्स–एलिसेस क्षेत्रमा ठूला स्क्रिनमा करिब ५०,००० मानिसले खेल हेरेका थिए।

जितपछि केही मानिसले पटाका पड्काए, बस स्टपमा तोडफोड गरे र सवारी साधनमा आगजनी गरेका छन्।

प्रहरीले करिब ३०० जनालाई पक्राउ गरेको बताएको छ। यीमध्ये धेरैजसोलाई पटाका राखेको र तोडफोड गरेको आरोपमा पक्राउ गरिएको हो।

धेरै ठाउँमा प्रहरी र भीडबीच झडप भएको थियो। भीडलाई तितरबितर पार्न पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077