Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भारतमा कोरोना संक्रमितको संख्या बढ्दै, आज दुई जनाको ज्यान गयो

भारतमा कोरोना संक्रमितको संख्या बढ्दै, आज दुई जनाको ज्यान गयो

आइतवार , जेठ १९, २०८२

काठमाडौं । पछिल्लो समय भारतमा कोभिड–१९ संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

देशभरि ३ हजार ५७८ जना संक्रिय संक्रमितको उपचार भइरहेको छ भने १ हजार ८१८ जना कोरोनामुक्त भएका छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयले १२ जेठमा १५ राज्यमा कुल १ हजार ९ जना सक्रिय कोरोना संक्रमित रहेको तथ्यांक सार्वजनिक गरेको थियो ।

पछिल्लो ६ दिनमा कोरोना संक्रमितको संख्या तीन गुणा बढी देखिएको हो । यसअघि १५ राज्यमा कोरोना संक्रमित फेला परेको थियो । तर, पछिल्लो तथ्यांक अनुसार कोरोना फैलिएको राज्य २६ पुगिसकेको छ ।

पछिल्लो तथ्यांक अनुसार केरलामा ६४ जना नयाँ संक्रमित फेला परेका छन् । योसँगै केरलमा सक्रिय संक्रमितको संख्या १ हजार ४ सय पुगेको छ ।

यसैगरी महाराष्ट्रामा ४८५, दिल्लीमा ४३६, गुजरातमा ३२०, पश्चिम बंगालमा २८७, कर्नाटकमा २३८, तमिलनाडुमा १९९ र उत्तर प्रदेशमा १४९ जना संक्रमितको उपचार भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छने ।

धेरै जसो संक्रमितहरू होम आइसोलेसनमै कोरोना मुक्त भएका छन् । शनिवार भारतमा कोरोना संक्रमणबाट एकै दिन ४ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077