Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पन्जाब ११ वर्षपछि फाइनलमा, आरसीबीसँग उपाधिका भिड्न्त

पन्जाब ११ वर्षपछि फाइनलमा, आरसीबीसँग उपाधिका भिड्न्त

सोमवार , जेठ २०, २०८२

काठमाडौं । पन्जाब किङ्ग्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ ।

दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई ५ विकेटले हराउँदै पन्जाब किङ्ग्स फाइनलमा पुगेको हो । यसअघि पन्जाबले २०१४ को फाइनल खेलेको थियो ।

अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा हिजो भएको खेलमा मुम्बईले दिएको २०४ रनको लक्ष्य पछ्याएको पन्जाबले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। कप्तान श्रेयस अएरले ८७ रन बनाए । मुम्बईका अश्विनी कुमारले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईका लागि तिलक वर्मा र सूर्यकुमार यादवले समान ४४ रन बनाए ।

पन्जाबका अजमतुल्लाह उमरजाईले २ विकेट लिए । अब पन्जाबले भोलि हुने फाइनलमा रोयल च्यालेन्जर्स बेङ्गलुरुसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077