Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

विश्वकप लिग–२ मा स्कटल्यान्डसँग भिड्दै नेपाल

विश्वकप लिग–२ मा स्कटल्यान्डसँग भिड्दै नेपाल

सोमवार , जेठ २०, २०८२

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीसँग खेल्दै त्रिकोणात्मक सिरिजको सुरुवात गर्दैछ ।

स्कटल्यान्डको फोर्थहिलमा हुने पहिलो खेल सोमबार दिउँसो नेपाली समय अनुसार ३ः४५ बजे सुरु हुनेछ ।

नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय यस सिरिज आजदेखि सुरु हुन लागेको हो । सिरिजको तयारीका लागि नेपाली टोलीले स्कटल्यान्ड कै ‘ए’ टोलीसँग अभ्यास खेल खेलेको थियो।

त्यसअघि नेपालले बेलायतमा पनि अभ्यास खेल खेलेको थियो। लिग–२ मा नेपाल आफ्नो १३ औँ खेल खेल्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077