एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच टेलिफोन वार्ता हुने भएको छ ।
उक्त वार्तामा व्यापारसम्बन्धी मुद्दाहरू समाधान गर्ने विषयमा कुराकानी हुने भएको हो ।
फोनवार्ता दुई शक्तिशाली देशका राष्ट्रपतिहरूबीच महत्वपूर्ण रेयर अर्थ मेटिरियल (खनिजहरू) बारेको विवाद पनि समावेश भएको अमेरिकी अर्थ मन्त्री स्कट बेसेन्टले आइतबार बताएका छन् ।
ट्रम्पले शुक्रबार चीनले अमेरिकासँगको यसअघिको व्यापार सहमति उल्लंघन गरेको आरोप लगाएका थिए ।
जसअनुसार दुवै देशले महत्वपूर्ण खनिजहरूको लागि लगाइएको शुल्क र व्यापार प्रतिबन्धहरू पारस्परिक रूपमा हटाउने सहमति गरेका थिए ।