Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

करातेकी एरिकालाई मोरक्कोमा ऐतिहासिक पदक

करातेकी एरिकालाई मोरक्कोमा ऐतिहासिक पदक

सोमवार , जेठ २०, २०८२

काठमाडौं । एरिका गुरुङले विश्वकै प्रतिष्ठित कराते-१ प्रिमियर लिगमा ऐतिहासिक कास्य पदक हात पारेकी छन् ।

विश्वका कराते खेलाडीको सपनाका रुपमा रहने यो प्रतियोगितामा छनोट हुँदै एरिकाले ऐतिहासिक पदक हात पारेकी हुन् ।

विश्वभरबाट केवल ३२ जना मात्र खेलाडीले खेल्न पाउने यो प्रतियोगितमा एरिका छनोट भएर मोरक्को पुगेकी थिइन्।

आइतबार राति सम्पन्न महिला ६८ केजी माथि तौल समूहअन्तर्गत कास्य पदकको खेलमा उनले फ्रान्सकी पिए क्लेमेन्सलाई ६-२ ले पराजित गर्दै कराते प्रिमियर लिगको इतिहासमै नेपाललाई पहिलो पदक दिलाउन सफल भइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077