Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

स्कटल्यान्डमा करण नायक बन्दा नेपालको कीर्तिमानी जित

स्कटल्यान्डमा करण नायक बन्दा नेपालको कीर्तिमानी जित

मंगलवार , जेठ २१, २०८२

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको चौथो राउण्डको पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डमाथि नेपालले रोमाञ्चक जित निकालेको छ ।

स्कटल्याण्डको फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोलीमाथि नेपालले १ विकेटको रोमाञ्चक जित हात पार्‍यो । २ सय ९७ रनको लक्ष्य नेपालले १ बल बाँकी रहँदा ९ विकेट गुमाएर पूरा गर्‍यो । अन्तिम बलमा नेपालको जीतका लागि १ रन आवश्यक रहेको थियो ।

करणले सिङ्गल लिन कुद्दा विकेटकिपरले रिजनलाई रनआउट गरे पनि अम्पायरले वाइड दिएपछि खेल नेपालले जितेको हो । नेपालको जीतमा करण केसीले ४१ बलमा ३ चौका र ४ छक्काको सहयोगमा अविजित ६५ रन जोडे ।

कुशलले ४४ बलमा ११ चौकाको सहयोगमा ५३ रन जोडे । कुशलले अर्का ओपनर आसिफ शेखसँग मिलेर पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९६ रनको योगफल तयार गर्‍यो ।

स्कटल्याण्डका लागि चार्ली टियरले सर्वाधिक ८० रन जोडे । त्यस्तै करण, सोमपाल र रिजनले २–२ विकेट लिए । सन्दीप लामिछानेको नाममा १ विकेट रह्यो ।

जितसँगै ८ टोली सहभागी लिग टू मा नेपाल १३ खेलमा ८ अङ्कका साथ सातौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077