Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

थाइल्यान्डबाट फर्किएका व्यक्तिको लगेजमा ४७ विषालु सर्प

थाइल्यान्डबाट फर्किएका व्यक्तिको लगेजमा ४७ विषालु सर्प

मंगलवार , जेठ २१, २०८२

एजेन्सी । मुम्बई विमानस्थलबाट ४७ वटा विषालु सर्प भएको झोलासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

विषालु सर्पलगायत दर्जनौं दुर्लभ सरिसृप देशभित्र तस्करी गरेर ल्याउन लागेको अभियोगमा भारतीय अधिकारीहरूले एक पुरुषलाई पक्राउ गरेका हुन् ।

थाइल्यान्डबाट फर्कँदै गरेका ती भारतीय नागरिकको लगेजमा ४७ विषालु सर्पसहितका जन्तु फेला परेको हो ।

भारतका वन्यजन्तु संरक्षणसम्बन्धी विभिन्न कानूनअन्तर्गत ती जीवलाई सरकारले नियन्त्रणमा लिएको खबरमा उल्लेख छ । पक्राउ परेका पुरुषको परिचय खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077