Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रुस र युक्रेनको शान्ति वार्ता असफल

रुस र युक्रेनको शान्ति वार्ता असफल

मंगलवार , जेठ २१, २०८२

एजेन्सी । रुस र युक्रेनको बीचमा इस्तानबुलमा सोमबार भएको शान्ति वार्ता असफल भएको छ ।

युक्रेनी अधिकारीका अनुसार रुसले निःसर्त शान्ति प्रस्तावलाई अस्वीकार गरेको हो । यसका बाबजुद दुवै देश सेनाका १२ हजार शव हस्तान्तरण गर्न राजी भएका छन् ।

रुसले भने आफूले दुई-तीन दिनका लागि फ्रन्ट लाइनमा युद्ध विरामको प्रस्ताव राखेको बताएको छ ।

सोमबार इस्तानबुलमा एक घण्टा भन्दा बढी समय लगाएर सकिएको वार्तामा युद्धको क्रममा धेरै बिरामी भएका बन्दी रिहा गर्न सहमति भएको हो ।

वार्ताको सुरुवातमा दुवै देश युद्ध अन्त्यका लागि तयार हुने अपेक्षा गरिएको थियो ।

सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेयता अहिलेसम्म २० प्रतिशत भूभाग लिइसकेको जनाइएको छ । यसमा सन् २०१४ देखि नियन्त्रणमा राखेको क्रिमिया समेत छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077