Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

छोरामाथि भ्रष्टाचारको आरोप लाग्दा मंगोलियाका प्रधानमन्त्रीको पद गयो

छोरामाथि भ्रष्टाचारको आरोप लाग्दा मंगोलियाका प्रधानमन्त्रीको पद गयो

मंगलवार , जेठ २१, २०८२

एजेन्सी । मंगोलियाका प्रधानमन्त्री लुभ्सानाम्सराइ ओयुन–एर्डेनले राजीनामा दिएका छन् ।

केही दिनदेखि भ्रष्टाचारको आरोपमा चलेको व्यापक विरोध प्रदर्शनपछि यो मतदान भएको थियो । संसदमा विश्वासको मत गुमाएपछि उनले राजीनामा दिएका हुन् ।

सन् २०२१ मा सत्ता सम्हालेका ओयुन–एर्डेनले ३० दिनभित्र उत्तराधिकारी नियुक्त नहुँदासम्म कामचलाउ प्रधानमन्त्रीको रूपमा काम गर्नेछन् ।

१२६ सिटको संसदमा बहुमतका लागि आवश्यक ६४ मत प्राप्त गर्न नसकेपछि उनले राजीनामा दिएका हुन् । दुई हप्तादेखि सयौँ प्रदर्शनकारी ओयुन–एर्डेनको राजीनामाको माग गर्दै सडकमा उत्रिएका थिए ।

प्रदर्शनकारीले एर्डेनको परिवार, विशेषगरी उनको छोराको विलासी जीवनशैलीमाथि प्रश्न उठाउँदै सम्पत्तिको स्रोतबारे जवाफ मागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077