Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

उपाधि जित्न आरसीबीले पन्जाबलाई दियो १९१ रनको लक्ष्य

उपाधि जित्न आरसीबीले पन्जाबलाई दियो १९१ रनको लक्ष्य

मंगलवार , जेठ २१, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औं सिजनको उपाधि भिडन्तमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले पञ्जाब किङ्ग्सलाई १९१ रनको लक्ष्य दिएको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा जारी फाइनल खेलमा बेङ्गलुरुका लागि विराट कोहलीले ३५ बलमा सर्वाधिक ४३ रन बनाए।

कोहलीबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले ३० रनको आँकडा पार गर्न सकेनन् । यद्यपि, जितेश शर्माले आक्रामक ब्याटिङ गर्दै १० बलमा २४० को स्ट्राइक रेटमा २४ रन जोडे।

पञ्जाबका लागि बलिङमा काइल जेमिसनले ३ तथा अर्शदीप सिंहले ३ विकेट लिए। अर्शदीपले आफ्ना तीनवटै विकेट खेलको अन्तिम ओभरमा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077