एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टील र आल्मुनियम आयातमा लाग्ने ट्यारिफ (आयात कर वा भन्सार शुल्क) २५ प्रतिशत बाट बढाएर ५० प्रतिशत बनाउने आदेशमा हस्ताक्षर गरेका छन् ।
यो निर्णय सँगै धातु आयातमा गत मार्चयता ट्रम्पले दोस्रोपटक कर बढाएका हुन् ।
यसअघि मार्चमा स्टील आल्मुनियम आयातमा २५ प्रतिशत बनाएका थिए ।
बुधबारदेखि लागु हुने कर बढाउने ट्रम्पको यो कदमले अमेरिकी स्टील उद्योगको भविष्य सुरक्षित गर्ने दाबी गरिएको छ ।
यो कदमले अब अमेरिकामा स्टील र आल्मुनियमको मूल्य बढ्ने छ ।