Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चलचित्र सेन्सर बोर्ड सदस्यमा पत्रकार गिरी नियुक्त

चलचित्र सेन्सर बोर्ड सदस्यमा पत्रकार गिरी नियुक्त

बुधवार , जेठ २२, २०८२

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)मा रंगपत्रकार कुबेर गिरी नियुक्त भएका छन् ।

सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट गिरी २ वर्षका लागि सेन्सर बोर्डको सदस्यमा नियुक्त भएका हुन् ।

करिब दुई दशकदेखि रंगपत्रकारितामा सक्रिय गिरी विभिन्न पत्रिका, नेपाल टेलिभिजन हुँदै पछिल्लो समय रातोपाटी डटकममा कार्यरत छन् ।

नेपाल टेलिभिजनका लागि करिब आधा दर्जन टेलिसिरियल, चलचित्र सम्बन्धी कार्यक्रम समेत निर्माण, निर्देशन गरेका गिरी चलचित्र पत्रकार सङ्घका केन्द्रीय उपाध्यक्ष पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077