Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विश्वकप लिग–२ मा नेदरल्यान्ड्सविरुद्ध नेपालको जित

विश्वकप लिग–२ मा नेदरल्यान्ड्सविरुद्ध नेपालको जित

बिहिवार , जेठ २३, २०८२

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को खेलमा नेपालले नेदरल्यान्ड्सलाई हराएको छ । स्कटल्यान्डको डुन्डीमा हिजो भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हराएको हो ।

नेदरल्यान्ड्सले दिएको २ सय २६ रनको लक्ष्य नेपालले ४७ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका आरिफ शेखले सर्वाधिक ७८ रन बनाए । हिजोको खेलमा अर्धसतक बनाएका उनी ‘प्लेयर अफ द म्याच’ घोषित भए । यस्तै दीपेन्द्र सिंह ऐरीले ३८ रन जोडे । नेदरल्यान्ड्सका माइकल लेभिटले २ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले २ सय २५ रन बनाएको थियो । स्कटल्यान्ड नोहा कोर्सले ४८ रन बनाए ।

नेपालका लागि सोमपाल कामीले ३ तथा करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेले समान २ विकेट लिए । यसअघि अस्तिको खेलमा नेपालले स्कटल्यान्डलाई १ विकेटले हराएको थियो ।

नेपाल १४ खेलमा १० अङ्कका साथ लिगको सातौं स्थानमा छ । नेदरल्यान्ड्स २१ खेलमा २६ अङ्कसहित दोस्रो स्थानमा यथावत् छ । स्कटल्यान्ड १७ खेलमा २० अङ्कका साथ चौथो स्थानमा छ ।

नेपालले अब अर्को खेल यही जेठ २५ गते स्कटल्याण्ड र २७ गते फेरि नेदरल्यान्ड्ससँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077