Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आज हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल

आज हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल

बिहिवार , जेठ २३, २०८२

काठमाडौं । नेपाली पुरुष फुटबल टोलीले आज हङकङविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ ।

एएफसी एसियन कप छनोट अन्तर्गत लाओसविरुद्ध खेल अघि हङकङ संग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । खेल बिहीबार साँझ ५ः४५ बजे हङकङमा सुरु हुनेछ ।

मुख्य प्रशिक्षक म्याट रसले खेलको अघिल्लो दिन पत्रकार सम्मेलनमा टोली खेलका लागि तयार रहेको बताएका छन् । रसले हङकङलाई नजिकबाट नियालेको र विपक्षीको अवस्था राम्रो भएपनि आफूहरुले पछिल्लो करिब एक महिना कडा मेहनत गरेका उल्लेख गरे ।

प्रि म्याच क्रन्फ्रेन्समा टोलीका कप्तान किरण चेम्जोंगले मैत्रीपूर्ण मात्र नभएर लाओसविरुद्धको खेलका लागि समेत राम्रो तयारी गरेको बताए । हङकङ फिफा वरियतामा १५३ औं स्थानमा रहेको छ । नेपाल भने १ सय ७५ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077