एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण गर्ने भएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङसँग फोनमा कुरा गरेपछि ट्रम्पले आफ्नो चीनको भ्रमण तय गरेका हुन् ।
दुई नेताबीच फोनमा राम्रो कुराकानी हुँदै गएपछि एकअर्काको देश भ्रमणबारे सकारात्मक वातावरण बनेको हो, तर भ्रमणको मिति भने तय भइसकेको छैन ।
गएको फेब्रुअरीमा अमेरिकाले चीनसँग व्यापार युद्ध शुरु गरेपछि उहाँहरुबीच पहिलोपल्ट फोनवार्ता भएको हो । ट्रम्प प्रशासनको पहलमा वार्ता भएको चिनियाँ सञ्चार माध्यमले बताएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल मार्फत सी जिनपिङसँग झन्डै डेढ घण्टाको कुराकानी मुख्यतया व्यापारमा केन्द्रित रहेको र दुवै देशका लागि धेरै सकारात्मक निष्कर्षमा पुगेको बताए ।